‘नेपाल प्रथम’ राष्ट्रिय अभियानले ‘निर्वाचन जनता र राष्ट्रका लागि’ कार्यक्रम सञ्चालन गर्ने

सोमबार, २६ माघ २०८२, १४ : ५६

काठमाडौं- ‘नेपाल प्रथम’ राष्ट्रिय अभियानले आगामी निर्वाचनलाई सफल, निष्पक्ष र जनमुखी बनाउन लक्षित गर्दै “निर्वाचन जनता र राष्ट्रका लागि” कार्यक्रम २०८२ सञ्चालन गर्ने भएको छ ।

अभियानले नेपाली समाजमा लोकतन्त्र, पारदर्शिता, सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, प्रशासन र सुशासन जस्ता मूल्यप्रति नागरिक सचेत बनाउने उद्देश्य राखेको छ।

कार्यक्रमका राष्ट्रिय संयोजक नारायणप्रसाद ढकालले यस अभियान कुनै पनि राजनीतिक दल वा व्यक्तिको पक्षमा नहुने स्पष्ट पारेका छन्। उनले भनेका छन्, “यो अभियान जनता र राष्ट्रका लागि हो, कुनै पार्टी वा व्यक्तिका लागि होइन।”

अभियानले निर्वाचनमा जनताको प्रतिनिधित्व सुनिश्चित गर्न र सबै उम्मेदवार तथा दलहरूलाई जिम्मेवार बनाउने उद्देश्य राखेको छ। यस अन्तर्गत देशभर ७७ जिल्लामा कार्यक्रम सञ्चालन गरी जनतालाई सम्पूर्ण जानकारी पुर्‍याउने योजना छ।

ढकालले अभियानले नेपाली जनतालाई मतदानमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने र निर्वाचन प्रक्रियामा पारदर्शिता कायम राख्ने विश्वास व्यक्त गरेका छन्। अभियानले सहभागीहरूबाट सकारात्मक सहयोग र सहकार्यको अपेक्षा पनि राखेको छ।

 
 
सोमबार, २६ माघ २०८२, १४ : ५६

प्रतिक्रिया