काठमाडौं- सामसुङले नयाँ एआई-ड्रिभन स्मार्टफोन अनुभवको सङ्केत गर्दै टिजरहरूको शृङ्खला सार्वजनिक गरेपछि प्रविधि क्षेत्रमा उत्साह बढेको छ। आधिकारिक विवरणहरू अझै सार्वजनिक नगरिए पनि, टिजरहरूले स्मार्टफोन प्रयोगको तरिका नै बदल्न सक्ने नयाँ सुविधातर्फ इशारा गरेका छन्।
एक टिजरमा स्मार्टफोनको डिस्प्ले इन्टेलिजेन्स वा अन–डिभाइस एआईसँग सम्बन्धित फिचरको सङ्केत देखिन्छ भने अर्को टिजरले सामसुङको लोकप्रिय ‘नाइटोग्राफी’ फिचरमा सम्भावित अपग्रेडको संकेत दिएको छ। यी सूक्ष्म संकेतहरूले सामसुङले अब के नयाँ अनावरण गर्ने हो भन्ने विषयमा व्यापक चर्चा सुरु गरिसकेको छ।
नेपालमा ग्यालेक्सी फ्ल्यागसिप स्मार्टफोनहरूको सफलतामाथि टेकेर सामसुङले अब दैनिक प्रयोगलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउने दिशामा ध्यान केन्द्रित गरेको देखिन्छ। टिजरमार्फत संकेत गरिएको नयाँ अनुभव अन–डिभाइस एआईद्वारा सञ्चालित इन्टेलिजेन्ट डिस्प्ले लेयरमा आधारित हुन सक्ने अनुमान गरिएको छ, जसले कन्टेन्टलाई प्रयोगकर्ताको प्रयोगशैलीअनुसार रियल–टाइममा अनुकूलन गर्नेछ।
यस प्रविधिले प्रयोगकर्ताहरूले विभिन्न परिस्थितिमा स्क्रिन कसरी हेर्छन्, कसरी अन्तर्क्रिया गर्छन् र कसरी संलग्न हुन्छन् भन्ने अनुभवलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, टिजरमार्फत सबैभन्दा चासो जगाएको सम्भावनामध्ये एक हो—अन–स्क्रिन प्राइभेसीप्रति सामसुङको नयाँ दृष्टिकोण। उन्नत डिस्प्ले प्रविधि र अन–डिभाइस इन्टेलिजेन्सको प्रयोगमार्फत, आजको गतिशील जीवनशैलीलाई लक्षित गर्दै एआई–सञ्चालित प्राइभेसी तह प्रस्तुत गर्न सामसुङ तयारीमा रहेको अनुमान गरिएको छ।
प्रतीक्षा थपिँदै जाँदा, सामसुङ नेपालका यी नयाँ टिजरहरूले चाँडै नै स्मार्टफोनमा इन्टेलिजेन्सको नयाँ तह सार्वजनिक हुन सक्ने स्पष्ट संकेत दिएका छन्।
प्रतिक्रिया