रिचेत हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त

मंगलबार, २७ माघ २०८२, १३ : ०३

काठमाडौं- अपर रिचेत हाइड्रोपावर प्रा.लि.ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।

कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई  नियुक्त गरेको छ। सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्ताक्षर गरेका हुन्।


कम्पनीको ४० करोड चुक्ता पुँजीको २० प्रतिशत, अर्थात ८ लाख सेयर, आगामी श्रावण–भाद्र महिनामा आईपीओ मार्फत सर्वसाधारणमा उपलब्ध गराउने योजना रहेको छ।


अपर रिचेत हाइड्रोपावरले भाद्र २०८१ देखि बिजुली उत्पादन सुरु गरेको छ। परियोजना गोरखा जिल्लाको वसिस्थान गाबिसमा अवस्थित छ।

 

मंगलबार, २७ माघ २०८२, १३ : ०३

प्रतिक्रिया