रामेछाप बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १२ पुग्यो

मंगलबार, २७ माघ २०८२, १५ : ३७

काठमाडौं- रामेछाप सदरमुकाम मन्थली नजिक तामाकोशीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न  अस्पताल लगिएको छ ।

 
 
मंगलबार, २७ माघ २०८२, १५ : ३७

प्रतिक्रिया