निर्वाचन प्रतिबद्धता पत्र

आर्थिक वृद्धिदर १० प्रतिशतको लक्ष्यसहित नेकपाको प्रतिबद्धता पत्र सार्वजनिक

मंगलबार, २७ माघ २०८२, १७ : ५९

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका पार्टीको संक्षिप्त  प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

aaa

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ ! सयौँ फूलहरू फुल्न दिऔँ !, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास !, नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो ! लगायतका विषयलाई प्राथमिकता दिइएको छ । 

‘लोकतान्त्रिक शासन प्रणालीको आधार: जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास र समृद्धिका आधारः सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता उल्लेख गरिएको छ । 

 
 
 
 
मंगलबार, २७ माघ २०८२, १७ : ५९

प्रतिक्रिया