लोकसेवा नतिजामा डिआईटी सोलुसनको ऐतिहासिक सफलता, ७० प्रहिशत भन्दा बढी सिटमा सिफारिस

बुधबार, २८ माघ २०८२, ११ : २६

काठमाडौं- लोकसेवा तयारी र सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था डि.आई.टी. सोलुसनले यस वर्षको लोकसेवा नतिजामा अभूतपूर्व सफलता हासिल गरेको छ। 

हालै सार्वजनिक भएको नेपाल विविध सेवा अन्तर्गत कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदको नतिजामा ७० प्रतिशतभन्दा बढी स्थानमा यसै संस्थाका विद्यार्थीहरू सफल भई नयाँ इतिहास रच्न सफल भएका छन्।

सन् २०१४ देखि सूचना प्रविधि र लोकसेवा तयारीमा सक्रिय यस संस्थाले आफ्नो "Result-Oriented"  शिक्षण प्रणालीका कारण यो सफलता प्राप्त गरेको हो। संस्थाका संस्थापक तथा सीइओ सुदीप घिमिरे भन्छन्,‘हाम्रो मुख्य उद्देश्य भनेकै विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई व्यावहारिक र प्रयोगात्मक रूपमा दक्ष बनाउनु हो। ७० प्रतिशत सफलता हाम्रो मेहेनत र विद्यार्थीहरूको विश्वासको प्रतिफल हो।’

डि.आई.टी. सोलुसनले लोकसेवाका अतिरिक्त वेब डेभलपमेन्ट, साइबर सेक्युरिटी, र ब्क्ष् जस्ता आधुनिक क्ष्त् कोर्षहरू पनि प्रदान गर्दै आएको छ। सरकारी सेवामा प्रवेश गर्न चाहने र दक्ष प्राविधिक जनशक्ति बन्न चाहने नेपाली विद्यार्थीहरूका लागि यो संस्था एक प्रमुख केन्द्र बनेको छ।

 
बुधबार, २८ माघ २०८२, ११ : २६

प्रतिक्रिया