धुराबजारमा महेश्वर दाहालको सम्पर्क कार्यालय सञ्चालन

बुधबार, २८ माघ २०८२, १२ : २७

सिन्धुली-  आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहालको चुनावी अभियानलाई केन्द्रित गर्दै कमलामाई नगरपालिका–६ स्थित धुराबजारमा सम्पर्क कार्यालय सञ्चालन गरिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता समन्वय तथा प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सम्पर्क कार्यालय स्थापना गरिएको हो।

सम्पर्क कार्यालयमार्फत स्थानीय समस्या पहिचान, मतदाताबाट सुझाव संकलन तथा चुनावी गतिविधिलाई योजनाबद्ध र व्यवस्थित रूपमा अघि बढाइने जनाइएको छ। कार्यालय सञ्चालनमा आएपछि कमलामाई नगरपालिकामा चुनावी गतिविधि थप सक्रिय र प्रभावशाली बन्दै जाने अपेक्षा गरिएको छ।

दाहालले  ‘मुढा’ चुनाव चिन्ह लिएर जनमुखी एजेन्डा, स्थानीय विकास र पारदर्शी नेतृत्वलाई आफ्नो प्रमुख चुनावी प्रतिबद्धता बनाउँदै घरदैलौ कार्यक्रमलाई तीव्रता दिएका छन् । 

 
बुधबार, २८ माघ २०८२, १२ : २७

प्रतिक्रिया