बस दुर्घटनापछि मन्थली-खुर्कोट सडक अवरुद्ध, छानबिन र क्षतिपूर्तिको माग

बुधबार, २८ माघ २०८२, १४ : ०४

काठमाडौं- रामेछापको मन्थली नगरपालिका-६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । 

१२ जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयहरूले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाउँबाट छुटेका गाडीहरूलाई  खिम्तीमै रोकेका हुन् ।

स्थानीयहरूले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगायतका माग राखेका छन् ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।

 
बुधबार, २८ माघ २०८२, १४ : ०४

प्रतिक्रिया