काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा सम्पन्न भएको हो ।
उक्त सभाले संचालक समितिको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८१/८२ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यस्तै सभाले स्वतन्त्र संचालक गोपाल घिमिरेको नियुक्ति र संचालक दिपक नेपालको नियुक्तिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।
कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तब्य र संचालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले सेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन सेयरधनीहरुको सुझावलाई कार्यान्वयन गर्ने बताए ।
प्रतिक्रिया