साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने

विहीबार, २९ माघ २०८२, ११ : ५३

काठमाडौं- ​​​​​साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

 
विहीबार, २९ माघ २०८२, ११ : ५३

प्रतिक्रिया