आर्थिक अपचलन भएको आरोप लगाउँदै रास्वपाबाट बाहिरिए राणा

विहीबार, २९ माघ २०८२, १२ : ३४

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार राणाले पार्टीले बेथितिलाई संस्थागत गरेको आरोप लगाउँदै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल संगठन र सांगठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

उनले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाएका छन् । केही समयअघि राणाले पार्टीले उम्मेदवार बन्न चाहनेहरूबाट शुल्क उठाएको तर प्राइमरी निर्वाचन नगरेकोले त्यो शुल्क फिर्ता गर्न माग गरेका थिए ।

 
विहीबार, २९ माघ २०८२, १२ : ३४

प्रतिक्रिया