बंगलादेशमा शेख हसिना र खालिदा जियाबिनाको पहिलो आमनिर्वाचनमा मतदान हुँदै

विहीबार, २९ माघ २०८२, १२ : ४५

बंगलादेशमा सन् २०२४ मा भएको घातक जुलाई विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई नाटकीयरूपमा पदबाट हटाएपछि बिहीवार पहिलो पटक आमनिर्वाचन हुँदै छ।

हसिनाको अवामी लीग पार्टीलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ भने प्रधानमन्त्रीका प्रमुख दाबेदार बंगलादेश न्याश्नलिस्ट पार्टी र जमात-ए-इस्लामी दलबाट हुने अपेक्षा गरिएको छ।

जमात-ए-इस्लामीले विद्रोहबाट जन्मिएका शक्तिहरूसँग चुनावी सहकार्य गरेको छ।

यो दशकौँपछि पहिलो पटक बंगलादेशका दुई प्रमुख राजनीतिक व्यक्तित्वहरू शेख हसिना र खालिदा जियाबिनाको चुनाव समेत हुँदै छ।

पूर्ण रूपमा बिथोलिएको राजनीतिक प्रणालीलाई ठिक गर्न अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक परिवर्तनको बारेमा जनमत सङ्ग्रहमा पनि मतदाताहरू सहभागी भइरहेका छन्।

१२ करोडभन्दा धेरै मतदाता रहेको निर्वाचनको भोलि नतिजा आउने अपेक्षा गरिएको छ। चुनावका लागि व्यापक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

ढाकामा रहेकी बीबीसी संवाददाता योगिता लिमयले लामो समयपछि बाङ्ग्लादेशमा यतिखेर पहिलो पटक मतदानअघि नतिजाको ठोस भविष्यवाणी गर्न नसकिने अवस्था रहेको बताएकी छन्।

‘यस चुनावमा मानिसहरूले आफूसँग विकल्प छ भन्ने महसुस गर्छन्,’ संवाददाता लिमय भन्छिन्।

गत नोभेम्बरमा बाङ्ग्ला देशको एक अदालतले हसिनालाई उनको दमनको कारण मानवताविरुद्धको अपराध भएको भन्दै उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिना देश छाडेर भागेदेखि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले बंगलादेशको नेतृत्व गर्दै आएको छ।

बिहीवारको चुनावले बाङ्ग्लादेशका लागि प्रतिनिधि शासनको नयाँ युगको सुरुवात गर्ने धेरैको आशा छ।

दुईवटा मतपत्र

मतदाताले बिहीवार दुई वटा मतपत्र पाउने छन्।

पहिलो सेतो मतपत्रमा उनीहरूले आफ्नो निर्वाचन क्षेत्रबाट एक सांसद चयन गर्न मतदान गर्छन्।

दोस्रो गुलाबी मतपत्र राष्ट्रिय जनमत सङ्ग्रहका लागि हो वा होइन भन्न पाउँछन्।

त्यसमा मतदाताले संसद्मा बढ्ता महिला प्रतिनिधित्व, प्रधानमन्त्रीको कार्यकालको सीमा र १०० सदस्यीय माथिल्लो सदन मिलेर बनेको द्विसदनात्मक सदनसहितको सुधारका प्रस्तावित प्याकेजलाई हो वा होइन भन्न पाउँछन्।

जनमत सङ्ग्रह पारित भएमा अगाडि बढ्ने कुनै पनि संवैधानिक संशोधनलाई माथिल्लो सदनको बहुमतले अनुमोदन गर्नुपर्ने छ।

बीबीसी 

 
विहीबार, २९ माघ २०८२, १२ : ४५

प्रतिक्रिया