पृष्ठभूमिः
नेपाली जनता दलले नियमित रुपमा विकासका मुद्दाहरुमा छलफल गर्दै विभिन्न अनुसन्धानका प्रतिवेदनहरुले नेपाली जनतालाई जनचेतनाको अभिवृद्धि सोसियल मिडियाद्वारा गराउदै आएको छ । यस दलका बिज्ञहरुको सल्लाह अनुसार नयाँ सोच, नयाँ विचार र नयाँ विकासको परिर्वतनले नयाँ सवालमा अन्र्तरक्रिया र छलफल समाजमा गराउने क्रम राम्रो छ । देशमा भएको स्रोतसाधन प्रयोग गरि सजिलै संग शुरुवात हुन सक्ने विकासको कामलाई अगाडी बढाउने प्रतिबद्धता लिएको छ । सबै राजनीतिक दलहरुले विभिन्न सिद्धान्त बोकी आयता पनि सिमा बिवात, अखण्डता, सार्वभौमसत्ता र आधुनिक विकासका लागि एक ठाउँमा उभिएर संयुक्त रुपमा अगाडि बढनु आवश्यक छ ।
त्यस पश्चात मात्र देशको मुहार फेर्न सकिन्छ । हाम्रो जस्तो सोच सबै राजनीतिक दलहरुले लिएमा आधुनिक विकासको लागि पहल गर्न सजिलो हुने छ । २१औं शताब्दीमा सबैले नयाँ खोज र अनुसन्धानको माध्यमद्वारा आधुनिक विकासका कामहरु अगाडी बढाउनु पर्छ । आधुनि विकासको पहलले मात्र देशमा मौलाएको बेरोजगारी समस्याको समाधान गर्न सकिन्छ । अब सबै राजनीतिक दलहरु एक ठाउँमा आऔ र साझा एजेण्डामा छलफल गरी विकासको काममा अगाडी बढौं । एकअर्का दलप्रति गालीगलौच नगरौ र सबै दलहरु एक ठाउँमा आई साझा एजेण्डामा छलफल गरी अगाडी बढौं । सबै राजनीति दलहरुले देशमा भएका सबै विज्ञहरुको सम्मान गरौ र सही ठाउँमा प्रयोग गरौं ।
आजको समयमा निर्वाचनको माहौल तातेको छ । सबै राजनीतिक दलहरु जनताको घर दैलोमा गई आ-आफनो परिचय दिन थालेका छन् । अब आयो स्थानीय जनताको हातमा पावर र सो पावरलाई सही रुपमा प्रयोग गरेमा मात्र सही व्यक्तिको छनौट हुनेछ । साथै सबै राजनीतिक दलहरुले नवयुवा वा जेन्जीहरुलाई आ(आफनो पार्टीमा बढी भन्दा बढी सहभागि गराउने काम भएको छ । अब पुरानो सोचलाई त्यागौं र नयाँ सोचलाई प्रयोगमा ल्याऔं । देशमा रहेका अनुभवि, दक्ष, विद्धान र विज्ञहरुको सर सल्लाहमा विकासका काम अगाडी बढाऔ ।
देशको नीति नियमलाई स्मार्ट बनाउनौ । अब नेपाली जनताको हातमा महत्वपूर्ण भूमिका आजको छ । सो को सही प्रयोग भयो भने मात्र राम्रो प्रतिफल आउने छ । अब हाम्रो पार्टीले राखेको एजेण्डामा प्रकाश पार्न चाहन्छु । आज पनि मेरो डाइरीको पन्नाबाट लिएको लेखमा पार्टीले पनि त्यही आधुनिक विकासमा समावेश गर्ने निर्णय गरे अनुसार एक उदाहरणको रुपमा प्रस्तुती गर्दछु । मेरो घरको सानो बगैचामा अवस्थित फलफूलका विरुवाहरु मध्य लहरे आँपको बारेमा संक्षिप्त परिचय दिन चाहन्छु ।
म समाजशास्त्री तथा सुशासन विज्ञ भएको नाताले समय(समयमा विभिन्न प्लेटफर्महरुमा आफूलाई लागेको कुराको अध्ययन गरी सरसल्लाह तथा छलफल गर्ने गरेको छु । तर विभिन्न निकायले योजना तर्जुमा पनि राखी कार्यान्वयनमा समेत ल्याएको देखिन्छ । साथै मैले जानेको तथा समाजमा भएका राम्रा गतिविधिहरुमा प्रकाश पार्दै आएको छु । मेरा लेख रचना तथा अनुसन्धानहरुले स्थानीय जनतामा जनचेतनाको अभिवृद्धि भएको पाइएको छ । यी मेरा कोशेलीहरुले स्थानीय जनतामा सकारात्मक परिर्वतन भएको देखिन्छ ।
अब म मुख्य विषय तिर जान्छु जस्तै आधुनिक कृषि उत्पादनको लागि उदाहरणको रुपमा लहरे आँपको परिचय दिन चाहन्छु । लहरे आँप एक विदेशी फल हो । यसको नामकरण विभिन्न देशहरुमा विभिन्न तरिकाले गरेको पाईन्छ । तर नेपालमा लहरामा फल्ने भएकोले यसको नाम लहरे आँपको नामले चिनिएको छ । यो फल नेपालमा नयाँ फलको रुपमा आएको हो । यस फलको माग नेपाली बजारमा धेरै बढीछ तर उत्पादन कम भएकोले माग अनुसार पूर्ति गर्न सकिएको छैन् ।
मेरो छरछिमेकीहरुले बगैचामा भएको लहरे आँपका लहरालाई क्रमबद्ध काटदै माँस्दै आएको घटना देखेपछि मलाई पनि यो फल नचाहिने होकी भनी मंनमा शंका उत्पन भएको थियो । तर एकपटक एसको बारेमा अनुसन्धान गर्दछु र त्यसपछि मात्र मास्ने पर्ने भएमा मासुला भन्ने विचार मंनमा आयो । साथै मेरा सम्पूर्ण परिवारका सदस्यहरुलाई यी लहरालाई नकाटनु होला है भनेको थिएँ । म अनुसन्धानको काममा अगाडी बढे र मेरो बगैचामा भएको लहरालाई मलजल गरी हुर्काउदै आए र तीन महिना पछि त्यसको फल पाउन लागि सके पछि उत्पादन हुन शरुवात भयो र अनुसन्धानबाट पत्ता लाग्यो की त्यो फल त धेरै फाईदाजनक रहेछ ।
लहरे आँपको संक्षिप्त परिचयः
लहरे आँपको संक्षिप्त परिचयमा यसलाई विदेशमा प्यासन फ्रुट (Passion Fruit)भनिन्छ । एसियाका धेरै देशहरुमा विभिन्न नामले नामाकरण गरिएको छ । जस्तै नेपालमा लहरामा फल्ने भएको फ भएकोले लहरे आँप भनिएको हो । भारतमा यस फललाई श्रीकृष्ण भगवानले मंन पराएकोले कृष्णफलको रुपमा परिचित छ । यस फलको जन्म पहिलो पटक ब्राजिल तथा दक्षिण अमेरिकामा भएको थियो । साधारण तया यो फल अमेरिमा, अष्टे«लिया, एसिया र अफ्रिका देशहरुमा पाईन्छ । विश्वका धेरै देशहरुमा यस फलको माग छ ।
यो फल २०औं शताब्दीमा दक्षिणी भारतको कर्नाटका, निलगिरीस, कुर्ग र मालाबार भन्ने स्थानहरुमा पहिलो पटक खेतीको रुपमा विकास गरेको थियो । अहिले यस फलको स्थानान्तरण ब्राजिलबाट श्रीलंका, इन्डोनेशिया, भारत हुँदै अहिले यो फल नेपाल सम्म आई पुगेको छ । नेपालको लागि यो फल नयाँ भएकोले यस फल सम्बन्धी राम्रो ज्ञान कसैलाई पनि छैन् । यस फलको महत्व र फाईदा सम्बन्धि प्रत्येक नेपालीलाई छैन् । यो फल व्यवसायिक दृष्टिकोणले बढी फाईदाजनक छ र नेपालको लागि यो फल उपयुक्त छ । हाल नुवाकोट, रामेछाप र काठमाण्डौ उपत्यकको केही ठाउँमा खेतिको रुपमा गर्ने प्रयास गरिएको छ तर यसलाई व्यापक रुपमा खेतीको रुपमा विकास गरेको पाईदैन् । नेपालमा आर्थिक स्थिति मजबुत यस फल गराउन सक्छ । यस फलको माग विश्वमा जताततै छ । तर हाल नेपाली बजारमा रु ७०० देखि रु १२०० सम्म प्रति किलो ब्रिक्रि हुँदै आएको छ ।
उदाहरणको रुपमा लहरे आँपको विरुवा र फलः

लहरे आँपको प्रकारः
नेपाली समाजमा लहरे आँपको चेतना अभिवृद्धि गराउन अत्यावश्यक छ । विदेशमा अँग्रेजी नाम प्यासन फ्रुट (Passion Fruit) भनेर चिनिने यस फलको परिचय जताततै छ । नेपालको लहरे आँपको अको नाम हो ““Vine Mango” भन्ने पनि चलन छ । यसको स्वाद आँप जस्तो भएकाले यसको नाम आँप नै राखिएको हो । यस फलमा अमिलोको मात्रा बढी र गुलियोको मात्रा कम भएकोले धेरैजनाले यस फललाई मंन पराउने गर्दछन् । यो फल स्वास्थ्यको लागि धेरै पलाईदाजनक छ । यो फल विभिन्न रोगको औषधिको रुपमा पनि प्रयोग गरिदै आएको छ । त्यसैले होला स्वदेश तथा विदेशमा यसको माग दिन प्रति दिन बढदै आएको छ ।
लहरे आँपको प्रकारमा पहेलो, गोल्डन र बैजनी रंगको हुने गर्दछ । हाम्रो देशमा सबै तहका जनतालाई यस फल सम्बन्धि चेतनाको अभिवृद्धि छेन् । यसको खेती जताततै गर्ने प्रविधिको रुपमा विकास पनि गरेको छैन् । यस फलले मंनले सोचेको जस्तो आम्दानी आर्जन गर्न सकिन्छ । नेपालका नांगा डाँडा काडाँहरुमा यसको खेती गराई आधुनिक कृषिको रुपमा विकास गरेमा नेपालमा समृद्धि ल्याएर बेरोजगारी समस्या हल गर्न सकिन्छ । त्यसका लागि नेपाल सरकार, स्थानीय जनता र सबै राजनीतिक दलहरुको संयुक्त योगदान चाहिन्छ । देशको उत्पादनलाई विश्वमा निर्यात गरि जनतालाई रोजगारी दिन सकिन्छ साथै पर्यटनको विकास समेत गर्न सकिन्छ ।

यस फलको बैज्ञानिक महत्वः
यस फलको फाईदा आँपको भन्दा बढी हुने भएकोले बैज्ञानिक रुपमा यसलाई बढी फाईदा छ । त्यसैले होला नेपाली समाज तथा बजारमा पनि अरु फलभन्दा यसको मूल्य बढी नै छ । बैज्ञानिक हिसाबले भन्ने हो भने यस फलको फूल पनि सुन्दर तथा आकर्षित हुने गर्दछ । यस फलमा १८ ग्राम लहरे आँपमा ९७ प्रतिशत क्यालोरी हुन्छ भने २३ प्रतिशत कार्बोहाइड, १० प्रतिशत फाईबर, २ प्रतिशत प्रोटिन र ०.०६ प्रतिशत फ्याट पाईन्छ । भिटामिन ए, सोडियम, म्याग्नेसियम, सल्फर र क्लोराइड पनि पाईन्छ । फाइबरको मात्रा बढी हुने भएकोले यसमा क्यान्सर प्रतिरोधी क्षमता बढी छ ।
हिजोआज व्यवसायिक रुपमा खेती गर्ने देशहरुमा अमेरिका, अष्टेलिया, न्युजिल्याण्ड, केन्या, युगान्डा, रुवाण्डा, भारत, श्रीलंका र नेपाल छ । बैज्ञानीक रुपमा ८० दिन भित्र यो फल टिप्नको लागि तयार हुन्छ । यस फललाई रोपेको करिब ९ महिना भित्र विरुवा परिपक्व भई हुर्किने गर्दछ साथै फल लाग्ने पनि हुन्छ । साधारणतया यो फललाई ताजाफलको वा “Fresh Fruits” ” को रुपमा प्रयोग गरिएको पाईन्छ । यसमो जुस पौष्टिम तत्व, खनिज पर्दाथ र औषाधियुतm गुण भएको हुनाले अन्य प्रयोजनमा पनि प्रयोग गरिएको छ । सामान्यतया १८ देखि ३० डिग्री सेल्सियस तापक्रममा फलाउन सकिन्छ ।
खेती गर्ने प्रविधिः
लहरे आँप बहुगुण भएको फल हो । एउटा विरुवादेखि अर्कोको बीचको दूरी २ मिटर र एक लहरादेखि अर्को लहरा बिचको दूरी ३ मिटर राख्नु पर्दछ । यसलाई २ मिटर अग्लो थाँक्रो हाल्नु पर्दछ । यसको फल्ने आयू ३ बर्षको हुन्छ । त्यसपछि यसको लहरा माँस्नु पर्छ र अर्को ठाउँमा रोप्नु पर्दछ । नत्र राम्रो फल लाग्न सक्दैन् । यसको लहरा राम्रो गरि हुर्कायो भने प्रति लहरामा ७५ केजी सम्म फल उत्पादन गराउन सकिन्छ । मैले पाएको सुचना अनुसार एक हेक्टरमा १६ सय ६७ वटा विरुवा रोप्न सकिन्छ ।
प्रति हेक्टर १५ देखि २० टनसम्म फल उत्पादन गर्न सकिन्छ । थोरै जमिनमा अथवा एक रोपनीमा १२६ वटा विरुवा रोप्न सक्छि । लहरे आँपमा फूल फूलेको २० दिन पछि मात्र फल देखिन्छ । फूल फूलेको ३० दिनपछि फलमा रसको मात्रा बढदै जान्छ । साथै ६० दिन पछि फलको भित्रि रङ्ग पहेलोबाट क्रमशः सुन्तला रङ्गमा परिर्वतन हुदै जान्छ । फूल फूलेको ७० दिनसम्म फलको बाहरि बोक्राको रङ्ग हरियो हुन्छ । फूल फूलेको ९० दिन पश्चात फल पूर्ण रुपमा पाकद छ । यो फल पाकी सकेपछि लहराबाट आफै छुट्टीन थाल्छ । पाकेको फललाई घामको प्रतिकूल असर नपर्ने गरी विहानको समयमा टिप्नु पर्दछ ।
लहरे आँपका फाईदाहरुः
-लहरे आँपको नियमित सेबनले क्यान्सर र मुटु सम्बन्धी रोग लाग्नबाट बचाउछ ।
-मस्तिकका लागि यो फल उपयोगी हुन्छ । साथै हड्डी र दाँत समेत कोलागि मजबुत हुन्छ ।
-गर्भवती महिलाका लागि बढी उपयोगी हुन्छ । त्यस्तै वजन तथा प्रेशर घटाउने भूमिका बढी हुन्छ ।
-छाला मुलायम बनाउने मद्दत गर्छ साथै मानिसलाई सधै जवान बनाई राख्ने गर्दछ ।
-मधुमेहका रोगीकालागि यो फल अमृतको रुपमा देखिन्छ ।
-शरीरमा भएको कोलेस्ट्रोललाई नियन्त्रण गर्दछ ।
-फलको बाहरि बोक्रा सुकाई चुर्ण बनाए र अनुहारमा लेप लगाउदा कालो पोतो, दाँग र खटेरा राम्रो बनाउछ ।

निष्कर्षः
अन्त्यमा यस फलको महत्वपूर्ण भूमिका नेपालको लागि छ । यो फल पहाड, हिमाल र तराईमा उत्पादन गर्न सकिन्छ । यस फलको माग स्वदेश र विदेशमा छ । यस फललाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यस फलको बाहरि बोक्रा बाक्लो भएको कारण यसलाई लामो समयसम्म स्टोर गरि राख्न सकिन्छ । यस आधुनिक कृषि खेतीले देशमा मौलाएको बेरोजगारी अन्त्य गर्न सकिन्छ । यसको उत्पादनका लागि बढी मलजल चाहिँदैन् । यसको खेतीको लागि नवयुवा वा जेन्जी समुहलाई बढी प्रयोग गर्न सकिन्छ । यसको उत्पादनलाई बिदेशमा निर्यात गरी आर्थिक श्रोत बढाउन सकिन्छ ।
सबै राजनीतिक दलहरुले यसको शिक्षा लिई विकासको काममा अगाडी बढाउन सकिन्छ । यस्तो विकास एक दलले मात्र नगरी सबै दलहरुले संयुक्तरुपमा गरेमा देशमा नयाँ विकास हुनेछ । सबै दलहरु मिली योजना तर्जुमा अगाडी बढाएमा देशको परिचय नयाँ प्रकारले दिन सकिन्छ । यदि आधुनिक कृषि विकासका लागि सहयोग चाहेमा म पनि व्यतिmगत रुपमा विकासको लागि विज्ञको रुपमा सहयोग गर्न प्रतिवद्धता दिन्छुु । (नेपाली जनता दलका बरिष्ठ उपाध्यक्ष रहेका लेखक डा.सिंह समाजशास्त्री एवं सुशासन विज्ञ हुन् )
प्रतिक्रिया