काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचिकृत भएको छ ।
नेप्सेमा शुक्रबार रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको आईपीओ सूचीकृत भएको हो।
रिलायन्स स्पिनिङ मिल्सको कुल १ करोड ९० लाख कित्ता सेयर सूचिकृत भएको छ। जसमा सर्वसाधारणको १९ लाख २६ हजार ६०० कित्ता (१०.१४ प्रतिशत) र संस्थापकको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता (८९.८६ प्रतिशत) रहेको छ।
नेप्सेले रिलायन्स स्पिनिङ मिल्सलाई ‘आरएसएमएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
यसैगरी सालपा विकास बैंकको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचिकृत भएको छ। जसमा सर्वसाधारणको १७ लाख २३ हजार ८८० कित्ता (३३ प्रतिशत) र संस्थापकको ३५ लाख कित्ता (६७ प्रतिशत) रहेको छ।
नेप्सेले सालपा विकास बैंकलाई ‘एसएबीबीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ ओपनिङ रेन्ज नै तोकेको छ।
दुवै कम्पनीको सेयर फागुन ४ गते सोमबारदेखि दोस्रो बाजारमा कारोबारका लागि खुल्नेछन् ।
प्रतिक्रिया