काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
बोर्डले यस हाइड्रोपावरलाई २० करोड ८० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति दिएको हो। अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
कम्पनीले हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने रकमबराबरको साधारण सेयर निष्कासनको अनुमति पाएको छ। यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४ लाख रुपैयाँ पुग्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिल रहेको छ।
प्रतिक्रिया