चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन-कीर्तन उत्सवको तयारी तीव्र

शनिबार, ०२ फागुन २०८२, ११ : १९

काठमाडौं- महाशिवरात्रीको अवसरमा भोलि आइतबार चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुँदैछ।

भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ।

ff04539d-5f5b-4ff7-aee2-ad4bbf1d9d6cWhatsApp Image 2026-02-14 at 10.38.31 AM

भोलि महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महा आरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको हो।

कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्नेछन्।

 
शनिबार, ०२ फागुन २०८२, ११ : १९

प्रतिक्रिया