कोकाकोला र क्रिएसनको साझेदारीमा पशुपतिनाथ परिसर ‘सफा गरौं’ पहल सुरु

शनिबार, ०२ फागुन २०८२, १३ : ४३

काठमाडौं- कोका-कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने यो दिगो वातावरण संरक्षण अभियान महाशिवरात्रिअघि ११ फेब्रुअरी २०२६ मा उद्घाटन गरिएको थियो । यसमा दशलाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पनि यस पहललाई दृढ समर्थन गर्ने जनाएको छ ।

‘सफा गरौं’ अभियान महाशिवरात्रिको पाँच दिन पहिले र पाँच दिन पछिसम्म लगातार १० दिनसम्म चल्नेछ । यसले मन्दिरमा फोहोर व्यवस्थापन, सार्वजनिक सुरक्षा, सुरक्षित खानेपानीको पहुँच र पुनः प्रयोग गर्न सकिने (सर्कुलर इकोनोमी) अभ्यासलाई प्राथमिकता दिनेछ । यस कार्यका लागि ५०० भन्दा बढी स्वयंसेवक-विद्यार्थी, युवा, फोहोर संकलक र सामाजिक कामदारलाई मैदानमा सक्रिय गराइदैछ, जसले भक्तजनलाई सचेत राख्दै वातावरणीय अभ्यासको प्रवद्र्धन गर्नेछन् ।

उद्घाटन समारोहमा उपस्थितलाई सम्बोधन गर्दै, बोट्लर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनालेले भने, “बोट्लर्स नेपाल लिमिटेडमा हामी यो विश्वास गर्छौं कि वास्तविक प्रभाव तब मात्र देखिन्छ जब मानिसलाई केन्द्रमा राखिन्छ । सफाइ साथी, रिसाइक्लर, स्थानीय साझेदार र नगरपालिका निकायसँग नजिक रहेर काम गर्दा यो अवगत भयो कि यो परियोजनाले रिसाइक्लिङमा काम गर्ने मुख्य व्यक्तिहरूलाई सहयोग गर्छ र उनीहरू सशक्त हुँदा सामग्री संकलन, छुट्याउने र फेरि प्रयोग गर्ने सम्पूर्ण प्रक्रिया बलियो हुन्छ ।”

उनले अगाडि थपे, बलियो रिसाइक्लिङ प्रणालीले स्थानीयस्तरमा आर्थिक अवसरको सिर्जना गर्छ, जीविकोपार्जनमा सहयोग पु¥याउँछ र जिम्मेवार उपभोगलाई प्रवद्र्धन गर्छ । यसले सकारात्मक व्यवसायिक वातावरण निर्माण गर्न पनि मद्दत गर्छ । ‘क्लाइमेट–स्मार्ट सिटीज’ जस्ता परियोजनाले भविष्यमा व्यवसायिक प्रगति र वातावरणीय जिम्मेवारी सँगसँगै अघि बढ्ने वातावरण बनाउँछन् ।”

त्यसैगरी कोका–कोला इन्डिया एन्ड साउथ वेस्ट एसियाकी वरिष्ठ निर्देशक (ईएसजी भ्यालु क्रिएसन एन्ड कमर्शियलाइजेसन) सलोनी गोयलले भने, “यस्ता ठूला सभा-समारोहहरूले फोहोर व्यवस्थापनमार्फत आगन्तुकका लागि सफा वातावरण सिर्जना गर्ने अवसर दिन्छन् ।

हाम्रो कार्यान्वयन साझेदार र स्थानीय अधिकारीहरूसँगको सहकार्यमा, हामी नेपालका महत्वपूर्ण सांस्कृतिक कार्यक्रमहरूमध्ये एकमा जिम्मेवार फोहोर सङ्कलन, छुट्याउने र नष्ट गर्ने काममा सहयोग गर्न पाउँदा गर्व महसुस गर्दैछौं । ३क्बाबन्बचबगल मार्फत हाम्रो मुख्य उद्देश्य साझा जिम्मेवारीको भावना प्रवद्र्धन गर्नु र वातावरणलाई सफा राख्न सक्ने दीगो र विस्तारयोग्य समाधानहरू सिर्जना गर्नु हो ।”

साथै उक्त अवसरमा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले क्रिएसनसँगको सहकार्यले पशुपति क्षेत्रमा सरसफाइ अभियानलाई महत्वपूर्ण सहयोग पुगेको बताउनु भयो । लाखौँ भक्तजन तथा पर्यटक आउने यस प्रमुख धार्मिक स्थलमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबै सरोकारवालाको सहकार्यबाट निरन्तर सरसफाइ कायम राख्न सफल भएको उल्लेख गरे ।

त्यस्तै दीर्घकालीन योजनाबारे प्रकाश पार्दै क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाइराख्ने उद्देश्यले सञ्चालन गरिएको अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।

यस पहलअन्तर्गत ठूला सार्वजनिक कार्यक्रममा दिगो अभ्यासलाई प्रवद्र्धन गर्न विभिन्न नयाँ उपायहरू अपनाइएको छ । उदाहरणका लागि रीसाइकल गरिएको मल्टि–लेयर प्लास्टिकबाट बनेको ‘सुरक्षा तथा आपतकालीन सहायता कक्ष’ले फोहोरलाई पुनःप्रयोग गरेर उपयोगी बनाउने उदाहरण प्रस्तुत गर्छ र भक्तजनलाई सेवा प्रदान गर्छ । मन्दिर परिसरका उपयुक्त स्थानमा राखिएका हाइड्रेशन स्टेशनहरूले भक्तजन, स्वयंसेवक तथा सुरक्षाकर्मीलाई सुरक्षित पिउने पानीको निरन्तर सुविधा उपलब्ध गराउँछन् ।

यस पहलले मैदानमा फोहोर सङ्कलन र छुट्याउने काममा अनौपचारिक कर्मचारीहरूलाई पनि संलग्न गराइएको छ । सहभागीहरूलाई उनीहरूको महत्त्वपूर्ण भूमिकाको सम्मान स्वरूप सुरक्षा सामग्री प्रदान गरिन्छ, जसले अर्थतन्त्रमा योगदान पु¥याउँछ । कार्यक्रमअघि र पछि सफाइ अभियानहरू सञ्चालन गरिन्छ, साथै फोहोर व्यवस्थापनको प्रभाव मापन गर्न प्रणालीगत अभिलेखन पनि गरिन्छ ।

वर्षभरि सञ्चालन हुने कार्यक्रममा ४० वटा रीसाइकल गरिएका बेन्च, ट्राइ–बिन, बोतल आकारका एभ्त् संकलन बिन तथा बागमती नदीमा दुई वटा फोहोर बूम जस्ता स्थायी पूर्वाधार स्थापना गरिएको छ । स्वयंसेवकहरूलाई भीड व्यवस्थापन, सचेतना अभियान र भक्तजनमा दिगो अभ्यास प्रवद्र्धन गर्ने कार्यमा सक्रिय बनाइएको छ ।

महाशिवरात्रि नेपालकै सबैभन्दा ठूलो वार्षिक धार्मिक पर्वमध्ये एक हो । त्यसैले यो दिगो सार्वजनिक कार्यक्रम व्यवस्थापनको राम्रो उदाहरण प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । वर्षभरि सञ्चालन हुने यस कार्यक्रमले केवल पर्वको समयमा मात्रै सीमित नरही फोहोरको दीर्घकालीन व्यवस्थापन गर्नेछ । साथै, आवश्यक पूर्वाधार विकास र दिगो अभ्यास स्थापना गर्दै सन् २०२६ भरि मन्दिर क्षेत्र र आसपासका समुदायलाई लाभ पु¥याउने लक्ष्य राखिएको छ ।

 
शनिबार, ०२ फागुन २०८२, १३ : ४३

प्रतिक्रिया