चुनावी रौनक

एउटा परदेशीको आँखामा रुकुम र जनार्दन

शनिबार, ०२ फागुन २०८२, १८ : ४०

काठमाडौं- डिबी कुसारी यतिबेला परदेशी भूमिमा छन् । रोजगारीको लागि मातृभूमि छाडेर परदेश गएका कुसारीको मन भने रुकुमकै वनपाखा र डाँडाकाँडामा घुमिरहेको छ । उनीजस्तै परदेशिएका रुकुमेलीहरुको मन पनि गाउँघरतिरै डुलिरहेको छ । किनकि यतिबेला नेपालमा चुनावको रौनक छ । रुकुम पनि चुनावी माहोलमा डुबेको छ । रुकुम यसै पनि चर्चाको शिखरमा छ । तत्कालीन माओवादीको युद्धभूमि थियो रुकुम । त्यही युद्धले जन्माएका लोकप्रिय नेता जनार्दन शर्मा अहिले चुनावमा भिडेका छन् ।

हुन त यो नै पहिलो निर्वाचन होइन । जनार्दन २०६४ देखि नै रुकुमेली जनताको प्रिय नेता र अभिभावकको रुपमा निरन्तर निर्वाचित हुँदै आएका छन् । यस पटकको निर्वाचन भने अलि फरक छ, फरक यस मार्नेमा कि अहिले रुकुमेली जनताले भोट हाल्दै आएको पार्टी पनि छैन र चुनाव चिन्ह पनि छैन । यो जनार्दनको कारणले भएको होइन । उतिबेला जनयुद्धको नेतृत्व गरेको नेता प्रचण्डले नै माओवादी विरासत छाडेर अर्कै पार्टीमा गएका छन् । जुन पार्टीमा तत्कालीन माओवादीलाई आतंकवादी देख्ने नेताहरुको बर्चस्व छ । तर जनार्दनलाई यो यात्रा स्विकार्य भएन । उनले हामी जस्ता भुइँमान्छेको मुद्दालाई छोडेनन् ।

माओवादी जनयुद्धको भावना र मर्मलाई बिर्सन सकेनन् ।  प्राविधिक रुपमा हिजोको पार्टीबाट उममेदवार बन्न मिलेन । अहिले उनी प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएर आफ्नो राजनीतिक यात्रालाई अघि बढाइरहेका छन् । उनको चुनाव चिन्ह आँखा छ । रुकुमका लागि उनी जस्तो नेतृत्व अर्को सम्भव छैन । १८ वर्ष अघिको रुकुम र अहिलेको रुकुममा ठूलो फरक छ । रुकुमलाई अझै समृद्ध र विकसित बनाउन जनार्दनलाई नै जिताउन जरुरी छ । त्यसैले हामी परदेशीहरु पनि आँखामा भोट हाल्न आउँदैछौं भन्दै कुसारीले आफ्नो भाव अभिव्यक्त गरेका छन् ।

उनले अगाडि भनेका छन्– मलाई डस्न र अनावश्यक तर्क गर्न नआउनुहोला । सायद हामिले जनार्दन शर्माजस्तो नेता नपाएको भए रुकुमको स्थिति यति माथि यति छिट्टै पुग्ने थिएन होला। रुकुममा भएको विकास र समृद्धिलाई हेर्ने हो भने हिजोका जनार्दन, आजका जनार्दन, भोलिका पनि जनार्दन,रुकुमेली जनताका जनार्दन सधैं जनताकै जनार्दन नै हुन् र हुने छन् । 

हिजोका जनार्दन रुकुमेली जनताको धरोहर थिए, आज ‘केही होइन, कोही होइन’ भन्नु कुतर्क मात्र हो । नाम भजाएर स्वार्थ लिने तर्कले समाजलाई अगाडि बढाउँदैन। जहाँसम्म आस्थाको कुरा छ, आस्थालाई थाती राखेर आज एउटा र भोलि अर्को पगरी बाँध्नेहरूको आस्था कति टिकाउ हुन्छ ? यो कुरा सबैले बुझेका छन्। 

आजको जमाना र आजको युगमा नामका लागि होइन, कामका लागि अगाडि बढ्नुपर्ने बेला आएको छ। गाउँ र केन्द्रलाई जोड्न सक्ने योग्य, सक्षम र केही गर्न सक्ने व्यक्ति सही ठाउँमा पुगे मात्र आम मतदाताको सम्मान र हित हुन्छ। त्यसैले परको दुर्गम रुकुमलाई सुगम र समुन्नत बनाउन सक्ने असल, निष्ठावान् र रुकुमेली जनताको आस्थाका धरोहर जनार्दन शर्मालाई निर्विकल्प रूपमा जिताउनु आजको आवश्यकता ठान्दछु। 

जनार्दन शर्मा भोलिको आशा मात्र हैनन् विगतका विश्वास पनि हुन्। त्यसैले सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा यसपालि पनि उहाँलाई विजयी बनाउन निःशर्त हार्दिक अपिल गर्दछु।

 
 
शनिबार, ०२ फागुन २०८२, १८ : ४०

प्रतिक्रिया