नेपालीरिका होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज नियुक्त

आइतबार, ०३ फागुन २०८२, १० : २०

काठमाडौं- पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार,  मोरङको विराटचोक, स्थित नेपालीरिका होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

यसैक्रममा सर्वसाधारणका लागि जारी गरिने रु. १००/- अंकित दरका ५०,००,००० कित्ताले हुन आउने रु. ५०,००,००,०००/- रकम बराबरको साधारण सेयर निष्कासन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।  

उक्त सेयर निष्कासनका लागि नेपालीरिका होटेल लिमिटेडको तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

नेपालीरिका होटेल लिमिटेडको यो कदमले  विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी मोरङ प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।

पूर्वी नेपालमा अवस्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा १४६ वटा सुन्दर ढंगले सजाइएको कोठा र सुइटहरू छन् । त्यस्तै दमकस्थित नेपालीरिका होटलमा ३९ वटा राम्ररी सजिएका कोठा र सुइटहरू, रेस्टुरेन्ट र बारहरू छन् । 

जुन परम्परागत नेपाली वास्तुकलामा निर्मित हेरिटेज ब्लकमा अवस्थित छ । होटलले ५० देखि १५०० व्यक्तिको लागि भोज र सम्मेलन र स्विमिंग पूलको सेवा पनि प्रदान गर्दछ ।

 
आइतबार, ०३ फागुन २०८२, १० : २०

प्रतिक्रिया