काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावरले आफ्ना आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै आफ्ना आधारभूत सेयरधनीहरुलाई आफ्ना हकबराबरको सेयरको रकम दाखिला गर्न आग्रह गरेको हो। आधारभूत सेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया बैंकमा रहेको एनआईसी एसिया–बुद्धभूमि नाममा खोलिएको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ।
कम्पनीका अनुसार फागुन २३ गतेसम्म रकम रम्मा गरी आफ्ना हकबराबरको शेयर आधारभूति सेयरधनीहरुले सुरक्षित गर्न सक्नेछन्। तोकिएको अवधिभित्र आधारभूति सेयरधनीहरुले रकम दोखिला नगरे कानुनबमोजिम हुने सूचनामा उल्लेख छ।
आधारभूत सेयरधनी भन्नाले कम्पनीमा चुक्तापुँजीको १ वा सोभन्दा बढी सेयरधारण गर्नेलाई जनाउँछ।
बुद्धभूमि हाइड्रोपावरले हालै नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर जारी गर्नेछ।
हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
प्रतिक्रिया