मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

सोमबार, ०४ फागुन २०८२, ०७ : ४०

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लागेको र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू(भागको थोरै स्थानहरूमा हल्का वर्षारहिमपात भइरहेको छ।

सोमबार तराई भू(भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम  मुख्यतया सफा रहनेछ ।

सोमबार, ०४ फागुन २०८२, ०७ : ४०

प्रतिक्रिया