काठमाडौं नेशनल मेडिकल कलेजले निःशुल्क “सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर” आयोजना गर्ने

सोमबार, ०४ फागुन २०८२, १३ : ०७

काठमाडौं- काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङले निःशुल्क “सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर” आयोजना गर्ने भएको छ। अस्पतालले विशेषज्ञ सर्जन तथा स्त्रीरोग विशेषज्ञमार्फत परामर्श र स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने जनाएको छ।

शिविरमा शल्यसम्बन्धी पाइल्स -बवासीर_, एनल फिस्टुलारफिसर, हर्निया, हाइड्रोसिल, मिर्गौला तथा पित्तथैलीको ढुंगा, डायबेटिक फुट, प्रोस्टेट लगायत समस्या जाँच तथा परामर्श गरिनेछ।

त्यसैगरी स्त्रीरोग अन्तर्गत महिनावारी अनियमितता, सेतो पानी बग्ने समस्या, पाठेघर झर्ने समस्या, पोस्ट-मेनोपोजल ब्लिडिङ, सन्तान नहुने समस्या, पीसीओडी तथा पाठेघरमा मासु पलाउने समस्या सम्बन्धी परीक्षण र परामर्श दिइने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शिविरमा सहभागी बिरामीलाई विशेष छुटसमेत प्रदान गरिनेछ। फलोअप शल्यक्रियामा ४० प्रतिशत, अल्ट्रासाउन्डमा ५० प्रतिशत र अन्य परीक्षणमा ३० प्रतिशत छुट दिइनेछ भने पिसाब तथा रगतमा चिनी जाँच निःशुल्क हुनेछ।

शिविर फागुन ९ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंस्थित अस्पताल परिसरमा सञ्चालन हुनेछ। 

 
सोमबार, ०४ फागुन २०८२, १३ : ०७

प्रतिक्रिया