१० दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल

सोमबार, ०४ फागुन २०८२, १६ : १९

काठमाडौं- प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौं उडान भएको हो । 

आजदेखि काठमाडौं–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए । 

तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् । 

 
सोमबार, ०४ फागुन २०८२, १६ : १९

प्रतिक्रिया