काठमाडौं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ आज फागुन ५ गते बाँडफाँट भएको छ।
धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि गत माघ १८ गतेदेखि माघ २१ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आईपीओमा २४ लाख ५२ हजार ६०२ आवेदकबाट कुल २ करोड ६९ लाख ३२ हजार ८०० कित्ता सेयर माग भएको थियो। जसमा २४ लाख ११ हजार ९२२ आवेदकबाट माग भएको २ करोड ६४ लाख ५३ हजार ४५० कित्ता सदर भएको छ भने ४० हजार ६८० आवेदकबाट माग भएको ४ लाख ७९ हजार ३५० कित्ता सेयर बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका करण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तीनैमध्ये एकजनाले थप १ कित्ता सेयर पाएका छन्। २३ लाख ५४ हजार ६७९ आवेदकको हात खाली भएको छ।
यो आईपीओको अन्तिम नतिजा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटको https://iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको वेबसाइट https://kumaricapital.com/share-details र मेरो सेयरको https://meroshare.cdsc.com.np/#/login मार्फत् हेर्न सकिनेछ।
प्रतिक्रिया