काठमाडौं– केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् ।
देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् ।
संविधान सभा सदस्य समेत रहेका देव कांग्रेसबाट एमाले प्रवेश गरेको केही समयमै एमालेबाट कांग्रेस फर्किएका हुन ।

प्रतिक्रिया