इन्जिनियरमाथि गोली प्रहारमा संलग्नलाई कडा कारबाही गर्न माग

मंगलबार, ०५ फागुन २०८२, १३ : ४०

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार एशोसिएसनले गृह मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

एशोसिएसनले अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न समेत माग गरेको छ । घटना घटेको दुई दिनसम्म पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन नसक्दा दुःख लागेको भन्दै एशोसिएसनले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

कार्यस्थलमा हुने यस्ता साङ्घातिक आक्रमणले कर्मचारीको मनोबल गिर्ने भएकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न एशोसिएसनले जोड दिएको छ ।

 
मंगलबार, ०५ फागुन २०८२, १३ : ४०

प्रतिक्रिया