काठमाडौं- बुद्ध जन्मभूमि नेपालमा बौद्ध शिक्षा विस्तार गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘कुलपुत्र प्रव्रज्या कार्यक्रम’को आठौँ संस्करण आयोजना हुने भएको छ।
अखिल नेपाल भिक्षु महासंघ र प्रव्रज्या सामाजिक नेपाल ले थाई–इन्डिया–नेपाल धर्मदूत सँगको सहकार्य तथा विभिन्न संघसंस्थाको सहआयोजनामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार आगामी फागुन २६ गतेदेखि चैत्र १७ गतेसम्म देशका विभिन्न स्थानबाट छनोट गरिएका करिब ५०० जनालाई श्रामेर भिक्षु (प्रव्रजित) बनाइनेछ। कार्यक्रममार्फत बुद्धका शिक्षालाई जनमानसमा फैलाउँदै सभ्य र नैतिक समाज निर्माण गर्ने लक्ष्य राखिएको छ।
सन् २०११ देखि सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत हालसम्म विभिन्न चरणमा हजारौँ सहभागी प्रव्रजित भइसकेका छन्। गत वर्ष सातौँ पटक कार्यक्रम सम्पन्न भएको थियो।
मुख्य कार्यक्रमहरुको विभिन्न अन्तरराष्टिय मिडियामार्फत् प्रशारण हुने हुँदा नेपालको प्रचारप्रसार विस्तृत रुपमा हुने आयोजकको विश्वास रहेको छ ।
प्रतिक्रिया