चितवन– नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।
गत माघ २२ गतेसम्म ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेकोमा मूल्य घटाएर ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको थियो । फेरि आज(बुधबार)देखि नेपाल लेयर्स संघले मूल्य बढाएको हो ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
प्रतिक्रिया