काठमाडौं– पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ ।
उपाध्यायका छोरा आशिषले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपाध्याय पूर्वमन्त्री, पूर्वसांसद र भारतका लागि नेपालका पूर्वराजदूत पनि हुन् ।
कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले उपाध्याय, बागी उम्मेदवार आशिष, पार्टीका कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँसहित १९ जनालाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए ।
प्रतिक्रिया