काठमाडौं- रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोटभन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए । उनले भने– ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’
आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए । उनले भने– ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस् ।’
प्रतिक्रिया