रवि लामिछानेको उद्घोष– फागुन २१ मा पुराना दलका सटर बन्द गर्छौं

बुधबार, ०६ फागुन २०८२, १६ : ०८

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते पुराना दलहरूको सटर बन्द गर्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष’सभालाई सम्बोधन गर्दै उनले यो पटक परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरे ।

‘फागुन २१ गते पुराना दलहरूको सटर पूर्ण रूपमा बन्द गर्ने हो । बाचा गर्ने पूरा नगर्ने नेताहरू तर वषौँसम्म सजाय पाउने जनता ? यस्तो हुन्छ !अब जसले बाचा पूरा गर्दैन, त्यसले सजाय पाउनुपर्छ,’ उनले भने, ‘योपटक परिवर्तनको पक्षमा भोट हाल्नोस् । आज धेरै बोल्दैनौँ । योपटक मत नबाँड्नुहोला । तपाईंको निष्ठाको सम्मान गछौँ । राष्ट्रिय अवसर पूरा गर्न भोट हाल्नोस् ।’ 

पुराना राजनीतिक दलहरूले ३५ वर्षसम्म काम नगरेको आरोप लगाउँदै रविले सुदूरपश्चिमको समस्या अब रास्वपाले पूरा गर्ने जिकिर गरे ।

 
बुधबार, ०६ फागुन २०८२, १६ : ०८

प्रतिक्रिया