टिप्पणी

पूर्व राजाको सन्देशको निहितार्थ के हो ?

विहीबार, ०७ फागुन २०८२, १२ : ०२

 काठमाडौं- निर्वाचन आउन दुई हप्ता मात्र बाँकी रहेकोबेला पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थपूर्ण सन्देश दिएका छन् । प्रजातन्त्र दिवसको अघिल्लो दिन जारी उक्त सन्देशले केही महत्वपूर्ण राजनीतिक अर्थ समेत बोकेको छ । उनले राष्ट्र दर्दनाक अवस्थामा रहेको भन्दै राष्ट्रिय सहमति गरेर मात्र निर्वाचन गर्नुपर्ने बताएका छन् । सन्देशमा पूर्व राजा शाहले वर्तमान राजनीतिक अन्योलप्रति चिन्ता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सहमति गरेर चुनाव गर्नुपर्नेमा द्वन्द्वलाई यथावत् राखेर चुनावमा जान लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको उल्लेख गर्दै उनले भनेका छन्, ‘देश इतिहासकै सबैभन्दा गहिरो दर्दनाक अवस्थामा आइपुगेको छ ।’ उनले विगतका आन्दोलनले के दियो भन्ने कुराको समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । ‘सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटिको भूमरिमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्’, पूर्वराजा शाहले भनेका छन्, ‘विगतमा अनेकौं नाम र अवरणमा अनेकौं आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । तर, सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ ।’

देशमा आन्तरिक शक्तिहरुकोबीच खिचातानी चलिरहेको सन्दर्भमा उनले विपन्नता र अस्थिरता मात्र हाम्रा शत्रु भएको उल्लेख गर्दै एक नेपालीले अर्को नेपालीलाई शत्रु ठान्ने गलत संस्कृति विकास भएकोतर्फ चिन्ता पनि जाहेर गरेका छन् । ‘हाम्रो सत्रु विपन्नता र अस्थिरता हो । तर, एउटा नेपालीको बैरी अर्को नेपाललाई ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दिएका छौँ । जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितीमा आइपुगेको छ’, उनको भनाइ छ ।यस्तै, उनले पूर्वी नेपालबाट राजधानी फर्किंदा आफूप्रति दर्शाइएको स्वागत र सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूलाई अटल दायित्वबोध मिलेको बताएका छन् । उनले भनेका छन्, ‘मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको त्यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटुलाई मात्रै छोएको नभइ हाम्रा लागि एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ ।’

पूर्वराजा शाहले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णबिराम लगाउँदै परस्पर सद्भाव र एकताको राजनीति गर्न पनि सबैसँग आग्रह गरेका छन् । पूर्वराजा शाह भन्छन्– पहिले राष्ट्रिय सहमति, त्यसपछि निर्वाचन 
उनले विगतका आन्दोलनले के दियो भन्ने कुराको समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । ‘सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटिको भूमरिमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्’, पूर्वराजा शाहले भनेका छन्, ‘विगतमा अनेकौं नाम र अवरणमा अनेकौं आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । तर, सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ ।’पूर्वराजा शाहले हाम्रा सत्रु विपन्नता र अस्थिरता भएको उल्लेख गर्दै एक नेपालीले अर्को नेपालीलाई सत्रु ठान्ने गलत संस्कृति विकास भएकोतर्फ चिन्ता पनि जाहेर गरेका छन् । ‘हाम्रो सत्रु विपन्नता र अस्थिरता हो । तर, एउटा नेपालीको बैरी अर्को नेपाललाई ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दिएका छौँ ।

जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितीमा आइपुगेको छ’, उनको भनाइ छ ।यस्तै, उनले पूर्वी नेपालबाट राजधानी फर्किंदा आफूप्रति दर्शाइएको स्वागत र सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूलाई अटल दायित्वबोध मिलेको बताएका छन् । उनले भनेका छन्, ‘मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको त्यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटुलाई मात्रै छोएको नभइ हाम्रा लागि एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ ।’पूर्वराजा शाहले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णबिराम लगाउँदै परस्पर सद्भाव र एकताको राजनीति गर्न पनि सबैसँग आग्रह गरेका छन् ।
प्रमुख राजनीतिक दलहरुले पर्व राजा शाहको सन्देशबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर पनि शाह परम्परागत शक्तिको प्रतिनिधित्व गर्ने भएकोले उनको सन्देशले राष्ट्रिय राजनीतिमा केही प्रभाव पार्ने आँकलन गरिएको छ । जेनजि आन्दोलनपछि विकसित राजनीतिक घटनाक्र र जटील भू–राजनीतिक दाउपेचको बीचमा मुलुक संकटमा परेको कुरालाई नकार्न सकिदैन । राजावादी समूहहरुले निर्वाचन बहिष्कारको घोषणा गर्नु र राजाको सन्देशमा पनि सहमति बनेपछि मात्र चुनावमा जानु उपयुक्त हुने कुरा उल्लेख हुनुलाई संयोग मात्र मान्न सकिदैन । केही खिचडी नपाकेर पक्कै पनि उनले यस प्रकारको सन्देश दिएका छैनन् होला । झापाबाट काठमाडौं आउँदा उनीप्रति दर्शाइएको स्वागतलाई पनि उनले आफूमाथि ठूलो दायित्व थपिएको महशुस गरेका छन् । कतिपय विश्लेषकहरुले फागुन २१ को निर्वाचन नै हुने हो कि होइन भन्ने आशंका व्इक्त गरिरहेकोबेला पूर्व राजाको भनाइले झन अन्योल बढाएको छ । केही समयदेखि बढ्दै गएको वैदेशिक चलखेल र हस्तक्षेपले आन्तरिक राजनीतिमा नयाँ ध्रुविकरणको सम्भावना पनि बढेको छ । देश बचाउने कि व्यवस्था बचाउने भन्ने प्रश्नको समाधान खोज्न अब पनि ढिला गुर्नहुँदैन । तसर्थ, पूर्व राजाको सन्देशको अन्तर्यलाई गम्म्भीरतापूर्वक लिन जरुरी छ ।   

 
विहीबार, ०७ फागुन २०८२, १२ : ०२

प्रतिक्रिया