नेको इन्स्योरेन्सको साधारणसभा फागुन ११ गते हुँदै, लाभांश प्रस्ताव पारित गर्ने

विहीबार, ०७ फागुन २०८२, १३ : ०४

काठमाडौं- नेको इन्स्योरेन्सको ३० औं वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना हने भएको छ। सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र करसहित १२.७८९४ नगद लाभांश छन्।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गरेको थियो । यसर्थ माघ २५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 
विहीबार, ०७ फागुन २०८२, १३ : ०४

प्रतिक्रिया