मायाखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

विहीबार, ०७ फागुन २०८२, १४ : ३५

काठमाडौं- मायाखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले मायाखोला हाइड्रोपावर लिमिटेडको एक करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिने र गर्नुपर्ने अन्य कार्यहरू तथा अनुमतिपछिको बिक्री प्रबन्धकको कार्यहरू गर्नेछ।

 
विहीबार, ०७ फागुन २०८२, १४ : ३५

प्रतिक्रिया