वायु प्रदूषण

काठमाडौं बन्यो विश्वकै पाँचौं प्रदूषित सहर, बाहिर व्यायाम तथा मर्निङ वाक नगर्न सुझाव

शुक्रबार, ०८ फागुन २०८२, १० : १९

काठमाडौं– काठमाडौंको वायु प्रदूषण निकै बढेर हाल गम्भीर संकटमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ।

० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । काठमाडौंको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ ।

काठमाडौं उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ । वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मर्निङ वाक नगर्न सुझाव दिइएको छ । त्यस्तै, झ्याल ढोका बन्दा राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ । यसको साथै, बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव छ।

विश्वको सबैभन्दा प्रदूषित सहरको यो सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ हावको गुणस्तर ४१२ एक्यूआई रहेको छ । यसलाई निकै खतरनाक मानिन्छ । त्यस्तै, दोस्रो स्थानमा बंगलादेशको ढाका, तेस्रो स्थानमा भारतको नयाँ दिल्ली र चौथो स्थानमा भारतकै कोलकाता रहेको छ । 

 
 
शुक्रबार, ०८ फागुन २०८२, १० : १९

प्रतिक्रिया