रास्वपालाई एमालेको २४ घण्टे अल्टिमेटम

शुक्रबार, ०८ फागुन २०८२, १४ : ०७

काठमाडौं - विहिवार दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको विषयले उग्र रुप लिने संकेत देखिएको छ । एमाले सम्वद्ध नेशनल भोलेन्टियर्स र अनेरास्ववियू तथा युवा संघले आफ्नो पार्टीको झण्डा जलाउनेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले दोषीलाई कारवाही गर्न २४ घण्टे अल्टिमेटम सहित प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा प्रशासनले कारवाही नगरे सशक्त प्रतिवादमा उत्रने उनीहरुले चेतावनी दिएका छन् । युवा संघ नगर अध्यक्ष शाहस घर्ति र अनेरास्ववियुका नगर अध्यक्ष राजिव विक्रम शाह सहितको टोली प्रशासनमा पुगेर ज्ञापन पत्र बुझाएका हुन । 

उक्त घटना सार्वजनिक भएपछि रास्वपाको अहिले चौतर्फि रुपमा विरोध भैरहेको छ । रास्वपाका सभापति रवि लामीछाने विहिवार बेलुका तुलसीपुरमा आउने भनेपछि भेला भएका रास्वपाका कार्यकर्ताहरुले अराजक गतिविधि गरेको भन्दै आलोचना भईरहेको छ ।
 

शुक्रबार, ०८ फागुन २०८२, १४ : ०७

प्रतिक्रिया