मौसम पूर्वानुमान

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

आइतबार, १० फागुन २०८२, ०७ : २५

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।  

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू९भागमा आंशिक बादल लाग्नेछ बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 
आइतबार, १० फागुन २०८२, ०७ : २५

प्रतिक्रिया