भरतपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ मा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ। यसैक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य दलका ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
आइतबार चुनावी अभियाको क्रममा चितवन– ३ की उम्मेदवार एवं भरतपुर महानगरकी पूर्व मेयर रेनु दाहालले नवप्रवेशीहरूलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन्। फलेनीगाउँमा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा दाहालले आफ्नो उम्मेदवारी विकासको निरन्तरताका लागि भएको बताइन् ।





प्रतिक्रिया