अपडेट

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

आइतबार, १० फागुन २०८२, १६ : ५४

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो । 

यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुनेछ । 

फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते क्रमशः शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो।

 
आइतबार, १० फागुन २०८२, १६ : ५४

प्रतिक्रिया