अपडेट

गौरमा कर्फ्यु हटाइए लगत्तै वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

सोमबार, ११ फागुन २०८२, ११ : ०९

काठमाडौं– रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइए लगत्तै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले बिहान १० बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो।

उता, वीरगञ्ज महानगरपालिकामाप्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यु लगाएका हुन् ।

पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

 
 
 
 
सोमबार, ११ फागुन २०८२, ११ : ०९

प्रतिक्रिया