अपडेट

धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय

सोमबार, ११ फागुन २०८२, १२ : ३७

काठमाडौं- गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । 

धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा सोमबार बिहान बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । 

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

 
सोमबार, ११ फागुन २०८२, १२ : ३७

प्रतिक्रिया