काठमाडौं- नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुंगेल अधिकारीलाई तोकिएको छ ।
प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुंगेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।
सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुंगेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया