भारतको विभिन्न राज्यबाट पाँच नेपालीको उद्धार

मंगलबार, १२ फागुन २०८२, ११ : ३७

काठमाडौं- भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरूको उद्धार गरिएको छ । प्राप्त जानकारी अनुसार इन्डियाको विभिन्न स्थानबाट पाँच नेपालीको दिल्ली पुलिस नेपाली राजदूतावास र KIN India ले उद्धार गरेर नेपाल फिर्ती गराइएको हो ।

उद्धार गरिएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोवरमा परिवारलाई जिम्मा लगाइएको छ । जसमध्ये मानव बेचबिखन अनुसन्धान ब्युरोको जानकारी तथा समन्वय अनुसार भारतको दिल्लीस्थित महिपालपुरको कैलाश होटेलबाट दिल्ली पुलिस नेपाली राजदूतावास र KIN India को सक्रियतामा सुरक्षित रूपमा उद्धार तथा स्वदेश फिर्ता गराई मानव बेचबिखन ब्युरोमा उपस्थित गराइएको छ । उपस्थित भए लगतै ठगी गर्ने व्यक्तिलाई जाहेरी दिन सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही अगाडि बढाउन थप सहयोग KIN India  को नेपालमा रहेको ग्लोबल संयोजक इन्द्र राज भट्टराईको टोलीले सहयोग गरिरहेको छ ।

बाल विवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन केही समय देखि मानव बेचबिखन विरुद्ध सचेतना र उद्धार कार्यक्रम सक्रिय हुन थालेको छ । सर्वोच्च शिखर सगरमाथाको  शिखरबाट बालविवाह विरुद्धको अभियानलाई उद्घोष गरे पश्चात् अभियानमा सक्रिय हुँदै किन इन्डियाको ग्लोबल एम्भेबस्डर भए लगतै मानव बेचबिखन विरुद्धको अभियान र उद्धार कार्यक्रम पनि संलग्न हुन थालेको हो ।

यो उद्धार कार्यको लागि शुभ अवसर ग्राम नेपालका साथै शान्तिशिक्षा अभियान नेपालले पनि सहकार्य गरेको छ ।

 
मंगलबार, १२ फागुन २०८२, ११ : ३७

प्रतिक्रिया