काठमाडौं- मेटलाइफ नेपालका ग्राहकले वात्सल्य नेचुरल आइभीएफ प्राइभेट लिमिटेडमा फर्टिलिटी तथा इन-भिट्रो फर्टिलाइजेसन (आइभीएफ) सम्बन्धी सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन्।
‘वान बाई मेटलाइफ’ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत बीमित ग्राहक तथा निजका परिवारका सदस्यहरूलाई वात्सल्यमा विशेष छुट प्रदान गर्न दुई पक्षबीच सम्झौता भएको हो।
वान बाई मेटलाइफमा रजिस्टर गरेपछि डिजिटल कार्डधारकहरूले वात्सल्य नेचुरल आइभिएफका क्लिनिकहरूमा कार्ड देखाई विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यसअन्तर्गत प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, पूर्ण आइभिएफ प्याकेजमा रु. २० हजारसम्मको स्थिर छुट तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवाहरूमा १५ प्रतिशतसम्म छुट समावेश छन्।
प्रतिक्रिया