बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाणः शंकर पोखरेल

शुक्रबार, १५ फागुन २०८२, ११ : ५३

दाङ–  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनबारे बीबीसीले तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् ।

‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन ।’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’

महासचिव पोखरेलले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य रहेको बताए । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो रु भन्दै उनले प्रश्न समेत गरेका छन् ।
 

 
शुक्रबार, १५ फागुन २०८२, ११ : ५३

प्रतिक्रिया