काठमाडौं - अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि सैन्य आक्रमण गरेपछि विश्व वित्तीय बजार उच्च अस्थिरताका लागि तयारी अवस्थामा पुगेका छन्। आक्रमणपछि इरानले ले इजरेलतर्फ मिसाइल प्रहार गर्दै जवाफी कारबाही गरेपछि मध्यपूर्वमा द्वन्द्व फैलिने र विश्व ऊर्जा आपूर्ति प्रभावित हुने चिन्ता बढेको हो।
राष्ट्रपति डोनाल्ड ट्रंपले आक्रमण सुरक्षा खतरा अन्त्य गर्न केन्द्रित रहेको बताएका छन्। तर खाडी क्षेत्रका तेल उत्पादक राष्ट्रहरू सतर्क अवस्थामा गएका छन्।
इरानबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्दछ। आक्रमणपछि केही प्रमुख तेल कम्पनी र व्यापारीहरूले होर्मुज मार्ग हुँदै हुने ढुवानी अस्थायी रूपमा स्थगित गरेका छन्।
ब्रेन्ट क्रुड प्रतिव्यारेल करिब ७३ डलरमा कारोबार भइरहेको छ, जुन जुलाई यताकै उच्च स्तर हो। क्यापिटल इकोनोमिक्सका विलियम ज्याक्सनका अनुसार सीमित द्वन्द्व भए मूल्य ८० डलरसम्म पुग्न सक्छ भने आपूर्ति लामो समय अवरुद्ध भए १०० डलरसम्म उक्लिन सक्छ। यस्तो अवस्थामा विश्व मुद्रास्फीति ०।६–०।७ प्रतिशत बिन्दुले बढ्न सक्ने अनुमान गरिएको छ।
यसैगरी मुद्रा र सेयर बजारमा पनि उतारचढाव देखिएको छ । विश्लेषकहरूका अनुसार द्वन्द्व लम्बिए अमेरिकी डलर अन्य मुद्राविरुद्ध बलियो हुन सक्छ, यद्यपि जापानी येन र स्विस फ्राङ्कजस्ता सुरक्षित मुद्रामा माग बढ्नेछ। इजरेली शेकेल अघिल्ला द्वन्द्वमा झन्डै ५ प्रतिशत घटेको थियो, तर चाँडै पुनः उक्लिएको थियो। यसपटक द्वन्द्व लम्बिए दीर्घकालीन प्रभाव पर्न सक्ने जेपीमोर्गनको चेतावनी छ।
यस वर्ष व्यापार तनाव र प्रविधि क्षेत्रको गिरावटले प्रभावित बजारमा नयाँ द्वन्द्वले थप दबाब सिर्जना गरेको छ। विश्लेषकहरूका अनुसार द्वन्द्व लम्बिए अमेरिकी डलर अन्य मुद्राविरुद्ध बलियो हुन सक्छ, यद्यपि जापानी येन र स्विस फ्राङ्कजस्ता सुरक्षित मुद्रामा माग बढ्नेछ। इजरेली शेकेल अघिल्ला द्वन्द्वमा झन्डै ५ प्रतिशत घटेको थियो, तर चाँडै पुनः उक्लिएको थियो। यसपटक द्वन्द्व लम्बिए दीर्घकालीन प्रभाव पर्न सक्ने जेपीमोर्गनको चेतावनी छ।
साउदी अरेबिया र कतारका सेयर बजार प्रारम्भिक संकेतका रूपमा हेरिएका छन्। तनाव चर्किए खाडी क्षेत्रका सेयर ३–५ प्रतिशतसम्म घट्न सक्ने अनुमान छ। साथै, मध्यपूर्वमा उडान रद्द भएसँगै अन्तर्राष्ट्रिय एयरलाइन्सको सेयर दबाबमा पर्न सक्छ भने युरोपेली रक्षा उद्योगका कम्पनीहरूले बढ्दो मागबाट लाभ लिन सक्ने देखिएको छ।
समग्रमा, तेल आपूर्ति, मुद्रा विनिमय दर र क्षेत्रीय सेयर बजारको प्रारम्भिक प्रतिक्रियाले यो संकट सीमित रहने वा विश्व बजार हल्लाउने दीर्घकालीन द्वन्द्वमा परिणत हुने संकेत दिनेछ।
प्रतिक्रिया