मौसम पूर्वानुमान

आज होली पर्व, कस्तो रहला दिनभरको मौसम ?

सोमबार, १८ फागुन २०८२, ०७ : २६

काठमाडौं- फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बादल लागेको छ।

तराई भू(भागका केही स्थानहरूमा तुवाँलो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।

सोमबार तराई भू(भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू(भागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भाग सहित बाँकी हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी र हिमाली भू(भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सोमबार, १८ फागुन २०८२, ०७ : २६

प्रतिक्रिया