पाल्पा- २ मा स्वतन्त्र उम्मेदवार थापालाई प्रलोपाको समर्थन

समानुपातिकतर्फ प्रलोपाको ‘आँखा’ मा मतदान गर्ने सहमति

सोमबार, १८ फागुन २०८२, ०९ : २५

पाल्पा– फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पाल्पा निर्वाचन क्षेत्र नं २ मा नयाँ चुनावी समीकरण बनेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)र स्वतन्त्र उम्मेदवार मोहन थापा मगरबीच तालमेलको औपचारिक घोषणा गरिएको छ।

प्रलोपाले पाल्पा क्षेत्र नं. २ का आफ्नो प्रत्यक्षतर्फको उम्मेदवार बोधराज भण्डारी कृष्णको उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार मोहन थापा मगरलाई समर्थन गर्ने निर्णय गरेको हो । 

प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार थापालाई उनको चुनाव चिन्ह ‘प्रेस कुकुर’ मा मतदान गरी विजयी गराउन र  समानुपातिकतर्फ भने प्रलोपाकै चुनाव चिन्ह ’आँखा’ मा मतदान गर्न दुबै पक्षले संयुक्त प्रेस विज्ञप्तिमार्फत अपिल गरेका छन्। 

उक्त सहमतिपछि स्वतन्त्र उम्मेदवार थापाले प्रत्यक्षमा आफ्नो चुनाव चिन्ह ‘प्रेसर कुकर’मा र समानुपातिकतर्फ प्रलोपाको चुनाव चिन्ह‘आँखा’मा मतदान गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् ।

 

 
 
 
 
 
 
 
 
सोमबार, १८ फागुन २०८२, ०९ : २५

प्रतिक्रिया