मौन अवधिमा आर्थिक चलखेल

प्रचण्डका चुनावी कमाण्डरको पैसा बाँडेर निर्वाचन जिताउने योजना सार्वजनिक (अडियोसहित)

मंगलबार, १९ फागुन २०८२, १२ : १९

रुकुम पूर्व– प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेका बेला रुकुम पूर्वमा निर्वाचन आचारसंहिता उल्लंघनको गम्भीर आरोप सार्वजनिक भएको छ।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वी रुकुममा प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’का चुनावी कमान्डर मानिने सिस्ने गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हेराम खड्काले मतदातालाई पैसा बाँड्न लागेको दाबी गरिएको एउटा अडियो बाहिरिएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

के छ सार्वजनिक अडियोमा ?

सार्वजनिक भएको अडियो रेकर्डमा वडाध्यक्ष खड्का र केही स्थानीय व्यक्तिहरूबीच पैसाको लेनदेनका विषयमा कुराकानी भएको सुनिन्छ। उक्त संवाद सिस्ने गाउँपालिका वडा नं. ३ को पाङ्गा भन्ने स्थानमा भएको दाबी गरिएको छ। अडियोमा मतदाताहरूलाई आफ्नो पक्षमा पार्नका लागि आर्थिक प्रलोभन देखाउँदै ‘डिलिङ’गरिएको स्पष्ट बुझिने स्थानीय स्रोतको दाबी छ।

निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार वा उनका प्रतिनिधिले मतदातालाई कुनै पनि प्रकारको आर्थिक प्रलोभन देखाउनु, पैसा बाँड्नु वा भोजभतेर गर्नु दण्डनीय अपराध हो। बहालवाला वडाध्यक्ष जस्तो जिम्मेवार पदमा रहेका व्यक्ति नै यसरी पैसाको डिलिङमा संलग्न हुनुले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

 
मंगलबार, १९ फागुन २०८२, १२ : १९

प्रतिक्रिया