प्रतिनिधिसभा निर्वाचन

पर्सा- २ का नेकपा उम्मेदवारसहित चार जना पक्राउ, सिरहा-३ का जसपा उम्मेदवार यादव पनि नियन्त्रणमा

बुधबार, २० फागुन २०८२, ११ : ०७

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी पपक्राउ परेका छन् । बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँच गर्ने क्रममा केही शंकास्पद वस्तु फेला परेपछि गाडीमा सवार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्कारपियो गाडीलाई शिवचोकमा चेकजाँच गर्नेक्रममा ४ लाख ८७ हजार नगद फेला परेपछि उम्मेदवार यादवलाई पक्राउ गरिएको हो ।

उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाले जानकारी दिए। उनका अनुसार प्रहरीले गाडीबाट मतपत्रसमेत फेला पारेको छ ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको बताइएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट पर्सा–२ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परेका छन् ।

 
 
बुधबार, २० फागुन २०८२, ११ : ०७

प्रतिक्रिया